१४ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धमा परेका रिटको संबैधानिक इजलासमा आजको सुनुवाई स्थगित भएको छ ।
अब अर्को सुनुवाई आइतबार हुने भएको छ । आजको सुनुवाईका लागि गठन भएको संबैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँच न्यायाधिश रहेका छन् ।
संबैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित, न्यायाधिशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमबहादुर श्रेष्ठ रहेका छन् । रिट निवेदकका तर्फका कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा नै प्रश्न उठाएपछि विवाद भएको थियो ।
बन्दीले बहस गर्नुअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई टुक्रयाउने गरी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठको इजलासमा सहभागितालाई लिएर प्रश्न उठाएका थिए ।
“नेकपा पार्टी उहाँको इजलासले दुईटुक्रा बनाइदियो, उहाँबाट कसरी प्रभावित हुँदैन ?,” बन्दीको प्रश्न थियो,“त्यहीसँग जोडिएको मुद्दामा उहाँको सहभागिताले प्रश्न उठ्ने काम गरेको छ ।”
बन्दीले प्रश्न उठाएपछि आइतबारसम्मका लागि बहस स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले व्यक्तिका बारेमा प्रश्न नउठाउन अनुरोध गरेका थिए ।