अर्थनीति

अपेक्षित आर्थिक वृद्धि हासिल गर्न चुनौतीपूर्ण: अर्थमन्त्री पौडेल

bishnu paudel

१४ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले लक्ष्य गरेअनुसारको आर्थिक वृद्धि हासिल हुन चुनौतीपूर्ण रहेको बताएका छन् ।

शुक्रबार चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । सरकारले चालु आर्थिक वर्षमा ४.०१ प्रतिशत रहने संशोधित अनुमान गरेको थियो । यो अनुमान पनि पुग्न चुनौतीपूर्ण रहेको उनले बताए ।

सरकारले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । कोरोना महामारीकै बीचमा बजेट सार्वजनिक गर्दा आर्थिक वृद्धिको लक्ष्य बढी राखिएको भन्दै यो लक्ष्य पूरा हुन नसक्ने अर्थविद्हरुले बताउँदै आएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *