मुख्य समाचार

संक्रमित बिरामीको उपचारमा हेलचक्रयाइँ नगर्न उच्च अदालत जनकपुरको आदेश

adalat

१४ जेठ, जनकपुरधाम । उच्च अदालत जनकपुरले प्रदेश २ को मुख्यमन्त्री कार्यालय र प्रादेशिक अस्पताल जनकपुरधामलाई कोरोनाका बिरामीहरूको उपचारमा हेलचक्रयाइँ नगर्न आदेश दिएको छ ।

अधिवक्ता राजकुमार महासेठले नागरिकले सहज स्वास्थोपचारको माग गर्दै मुख्यमन्त्री कार्यालयलाई विपक्षी बनाई दायर रिटमाथि सुनुवाइ गर्दै शुक्रबार उच्च अदालत जनकपुरले प्रादेशिक अस्पताल जनकपुर लगायतका अस्पतालमा कोरोना संक्रमित बिरामीहरूको उपचारमा लापरबाही नगर्न आदेश दिएको हो ।

अधिवक्ता राजकुमार महासेठले दायर गरेको रिटमाथि सुनुवाई गर्दै उच्च अदालत जनकपुरले प्रादेशिक अस्पताल जनकपुर लगायतका अस्पतालमा बिरामीको उपचारमा लापरवाही नगर्न आदेश दिएको छ । न्यायाधीश डालकुमार खडकाको एकल इजलाशले पीपीई, अक्सिजन, भेन्टिलेटर, मास्क, औषधी हुँदाहुँदै बिरामीलाई अन्य अस्पतालमा नपठाउन समेत आदेश दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस