
१५ जेठ, धनुषा । जनकपुरधामको ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरमा गएराति चोरी भएको छ । जनकपुरधाम उपमहानगरपालिका-१२ स्थित मन्दिरको ढोकाको ताल्चा तोडेर चोरी भएको हो ।
राति अविरल वर्षा भइरहेको र पूजारीहरू निद्रामा रहेका बेला चोरहरूले मन्दिरमा रहेको प्राचिन मूर्ति र दान पेटिकामा रहेको पैसा चोरेर लगेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
उनका अनुसार मन्दिरमा रहेको भगवान् शिवको मूर्ति तथा भगवान विष्णुको चतुर्भूज मूर्ति चोरी भएको छ । यसका साथै दानपेटिकामा रहेको लगभग ४० हजार रूपैयाँसमेत चोरी भएको प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस