समाचार

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

bead body tag

१५ जेठ, सिरहा । सिरहामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

गोलबजार नगरपालिका २ तेतरिया सुनुवार टोलका २२ वर्षीय ललित सदाको कुटपिटबाट उनकी श्रीमती २० वर्षीया सरिता देवि सदाको मृत्यु भएको ईलाका प्रहरी कार्यलाय गोलबजारले जनाएको छ ।

बिहीबार राति झगडा गरी सुतेका थिए । बिहान श्रीमतीको मृत्यु भएको अवस्थामा देखिएपछि गाउँलेले प्रहरीलाई खबर गरेका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सन्तोष राइले जानकारी दिए ।

उनको श्रीमानलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । शब पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको छ । मृतक सरिताका २ छोरी छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस