मनोरञ्जन ताजा समाचार

गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण, ह्याम्स अस्पताल भर्ना

dip shreth

१५ जेठ, काठमाडौं । वरिष्ठ गायक दीप श्रेष्ठ अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमित भएपछि श्रेष्ठ उपचारका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका हुन् ।

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का कोच समेत रहेका श्रेष्ठ अस्पताल भर्ना भएको शोका निर्माता तथा उद्घोषक सुशिल नेपालले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

२ साताअघि कोरोना संक्रमण पुष्टि भएका श्रेष्ठको शरीरमा अक्सिजन लेभल कम देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

महागुरु कोच दीपलाई शिघ्र स्वास्थ्य लाभको कामना, भन्दै नेपालले फेसबुकमा लेखेका छन् ‘स्वास्थमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना हुनु भएका हाम्रा कोच दीप श्रेष्ठलाई कोभिड पोजिटिभ देखिएपछि उहाँ अहिले यो रोगसँग जुधिरहनु भएको छ । सधैं हामीलाई आत्मबल दिने संगीतका जिवन्त धरोहरलाई कोभिडसँग जुध्न सामान्य नै हुनेछ भन्नेमा हामीलाई पुर्ण विश्वास छ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस