
१५ जेठ, पाल्पा । तीन दिनदेखिको अविरल वर्षाले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड बिहान सबेरैदेखि अवरुद्ध भएको छ ।
तानसेन–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३, गौंडे पुल नजिकै ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डि एस पी डिल्ली नारायण पाण्डेयले बताए ।
राजमार्गको सिसुवामा माथिल्लो जंगल क्षेत्रबाट खसेको ठूलो पहिरो हटाउन ब्रेकर आएपछि पनि ढुंगा फोरेर पहिरो पन्छाउन अझै कम्तीमा तीन घण्टा लाग्ने उनले बताए । ठूला–ठूला ढुंगा खसेको र सामान्य डोजरले फाल्न नसकेकाले ब्रेकर मगाइएको छ ।
राजमार्ग बन्द भएपछि बिहानैदेखि पहाडी भेगबाट बुटवलतर्फ र बुटवलबाट पहाड आउने सबै सवारी साधन अवरुद्ध भएका छन् । खाद्यान्न बोकेका सवारी साधन सडकमै रोकिएका छन् ।
प्रतिक्रिया दिनुहोस