अर्थनीति

आज बजेट आउँदै !

साढे १६ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी
Budget

१५ जेठ, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदैछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अपराह्न ४ बजे सिंहदरबारबाट बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

संविधानतः वार्षिक बजेट जेठ १५ गते प्रतिनिधिसभा संसदबाट सार्वजनिक गर्ने नियम भएपनि अहिलेको अवस्थामा प्रतिनिधिसभा नै विघटन गरिएकाले सरकारले सिंहदरबारबाट बजेट सार्वजनिक गर्न लागेको हो ।

त्यसो त प्रतिनिधिसभाको अभावमा बजेटको नीति तथा कार्यक्रम समेत पास हुन नसकेको अवस्थामा अहिले सरकारले अध्यादेश मार्फत बजेट सार्वजनिक गर्ने गृहकार्यमा लागिरहेको छ। अध्यादेशमार्फत आउने यो बजेट संविधान निर्माणपछिको पहिलो अध्यादेश बजेट हुनेछ।

यस पटक राष्ट्रिय योजना आयोगले दिएको १६ खर्ब ९७ अर्बको  सिलिङ्गको आधारमा सरकारले साढे १६ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको बुझिएको छ । (*भुलसुधार : यसअघिको समाचार विवरण केही सच्चाइएको छ।- सम्पादक).

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस