१५ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार तीनवटा अध्यादेशहरु जारी गरेकी छन् ।
संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन् ।
शनिबार मध्यान्ह बसेको मन्त्रिपरिषदको ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेका थियो ।
प्रतिक्रिया दिनुहोस