समाचार

लागुऔषध सहित एकजना पक्राउ

arrest

१५ जेठ, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरेकाे छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार साँझ बर्दियाको गुलरिया नगरपालिका ७ का २४ वर्षिय पुरुष रवि अहमदलाई वीरेन्द्रनगर नगर ६ गणेश चोक उनि बस्ने डेराबाट पक्राउ गरेकाे हाे ।

प्रहरीले रवि अहमदको शरीर खानतलासी गर्दा हातको मुठ्ठी भित्र लुकाई राखेका १७० मिलि ग्राम लागुऔषध (ब्राउन सुगर) बरामद भएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस