समाचार

आधा दर्जन सरकारी कार्यालय जलमग्न

water

१५ जेठ, जलेश्वर । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण महोत्तरीका आधा दर्जन सरकारी कार्यालय जलमग्न भएका छन् ।

ढल निकासको उचित व्यवस्था नहुँदा पानी निस्कन नपाएपछि जिल्ला अदालत, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला शिक्षा समन्वय एकाइ, कृषि कार्यालय, पशु कार्यालयलगायत सरकारी कार्यालय जलमग्न भएका छन् ।

कार्यालयहरुको वरिपरि र परिसरभित्र पानी जमेपछि सेवाग्राहीलाई आवतजावत गर्न तथा कोरोना महामारीका बेला आन्तरिक कामकाज गर्न आउजाउ गर्ने कर्मचारीलाई कठिनाइ उत्पन्न भएको छ ।

जलेश्वर नगरपालिकाले वर्षेनि नाला निर्माण र ढल निकासमा लाखौँ बजेट खर्चे पनि पानी निकासको उचित व्यवस्थापन नहुँदा सरकारी कार्यालयलगायत नगरक्षेत्रका मूल सडकसहित अधिकांश सडक जलमग्न हुने गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस