समाचार

चौबीस घण्टामा कोरोनाले ११६ जनाको मृत्यु

covid19 Death body

१५ जेठ, काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोनाले ११६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार १६३ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६०८० जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा परीक्षण १४ हजार ७५२ जनामा कोरोना परीक्षण भएको थियो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५०९ रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस