रोजगार

कर्मचारीको तलब २ हजार बढ्यो

Bishnu Paudel budget nepal

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट लागु हुने गरि कर्मचारीको तलब दुई हजार रुपैयाँ बृद्धि गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आज आर्थिक वर्ष २०७८/७९को बजेट वक्तब्य सार्वजनिक गर्दै सरकारी कर्मचारीको तलब बृद्धि गरेको जानकारी दिएका हुन् । सबै तहका कर्मचारीको समान रुपमा दुई हजार रुपैयाँ तलब बृद्धि गरिएको हो ।

कर्मचारीको मनोबल उच्च बनाउन र सार्वजनिक सेवालाई चुस्त बनाउन तलब बृद्धि गरिएको अर्थमन्त्री पौडेलले बताए ।

महङ्गी भत्तालाई निरन्तरता दिइएको छ । यस्तै कर्मचारीहरुको १० लाख दुर्घटना बिमा र १ लाखको स्वास्थ्य बीमा प्रिमियम पनि सरकारले तिरिदिने उनले घोषणा गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *