अर्थनीति

आगामी वर्षको आर्थिक वृद्धि ६.५ प्रतिशत हुने अनुमान

budget nepal

१५ जेठ, काठमाडौं । सरकारले आगामी वर्ष साढे ६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।

शनिबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षमा ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरिएको बताए । यस्तै, आगामी वर्ष मूल्यवृद्धिलाई ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखिएको पनि उनले बताए ।

चालु आर्थिक वर्षमा सरकारले ७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । तर, ४ प्रतिशत पनि आर्थिक वृद्धि हुन निकै कठिन रहेको अर्थमन्त्री पौडेलले बताएका छन् । गत वर्ष आर्थिक वृद्धि ऋणात्मक रहेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *