समाचार

गणतन्त्र दिवसमा दाङबाट १७ कैदी रिहा

karagar tulsipur

१५ जेठ, दाङ । सरकारले गणतन्त्र दिवसको अवसरमा दाङका १७ जना कैदीको कैद मिनाह गरेको छ । यहाँका १७ जना सहित देशभरबाट चार सय ३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाह भएको हो ।

दाङका १७ कैन्दीमा तुलसीपुर कारागार र घोराही कारागारका रहेका छन् । तुलसीपुर कारागाबारबाट दुई महिलासहित १२ कैदीबन्दी रिहा भएको जेलर युवराज परियारले जानकारी दिए । कर्तव्य ज्यान मुद्दाका आठ, सवारी ज्यान मुद्दाका दुई, ज्यानमार्ने उद्योग र कुटपिट गरी व्यक्ति बेपत्ता पारेको अभियोगका एक/एकजनाको कैद मिनाह गरिएको हो ।

यस्तै, घोराहीमा कर्तव्य ज्यान, सवारी ज्यान र चोरी मुद्दाका पाँचजनाको कैद मिनाह गरिएको जेलर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । घोराहीमा अब अहिले ३०८ कैदीबन्दी रहेका छन् भने तुलसीपुरमा २७ महिला र ६ बालबालिकासहित ४७८ जना कैदीबन्दी रहेका छन् ।

जिल्लामा गत वर्षको तुलनामा यसवर्ष कैदीबन्दीको संख्या बढेको देखिएको छ । सरकारले विभिन्न दिवसमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका र असल आचरण भएका कैदीबन्दीलाई बाँकी कैद मिनाह गरिदिने गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस