विश्व/प्रवास

साउदी अरबले ११ देशबाट प्रतिबन्ध हटायो

saudi air

१६ जेठ , काठमाडौं । साउदी अरबले ११ देशबाट यात्रा प्रतिबन्ध हटाएको छ । यसमा अमेरिका र बेलायत पनि समावेश छ । साउदी अरबले कोरोनाभाइरसको संक्रमणलाई फैलनबाट रोक्नका लागि यो प्रतिबन्ध लगाएको थियो ।

गृहमन्त्रालयका एक अधिकारीले त्यहाँको सरकारी समाचार एजेन्सी एसपीएसँग सोमबार जुन देशमा यात्रा प्रतिबन्ध हटाइएको छ, त्यहाँ महामारीको स्थितिलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको बताए ।

गृह मन्त्रालयका अनुसार यी देशमा कोरोना संक्रमण नियन्त्रणमा छ । साउदीले कूल २० देशमा यात्रा प्रतिबन्ध लगाएको थियो तर अब ११ देशबाट यो प्रतिबन्ध हटाइएको छ ।

यात्रा प्रतिबन्ध हटाइएका देश – यूएई, जर्मनी, अमेरिका, आयरल्याण्ड, इटली, पोर्चुगल, यूके, स्वीडेन, स्विटजरल्याण्ड, फ्रान्स र जापान हुन् । यद्यपि, यी देशबाट आउने मानिसहरुलाई क्वारेन्टिनमा बस्नुपर्नेछ । यो निर्णय आजबाट लागू भएको छ ।

यो महिनाको सुरुवातमा साउदीले अन्तरराष्ट्रिय यात्रा प्रतिबन्धको सुरुवात गरेको थियो । साउदीको राष्ट्रिय एयरलाइन्सा सेवा कूल ४३ अन्तरराष्ट्रिय स्थानका लागि बहाल गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *