
१६ जेठ, काठमाडौं । आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै आइतबार सुन ९४ हजार रुपैयाँ पुगेको हो । गत शुक्रबार नेपाली बजारमा छापावाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत ९३ हजार ५०० रुपैयाँ पुगेको छ । यता चाँदी भने गत शुक्रबारको तुलनामा प्रतितोला ५ रुपैयाँले मात्र वृद्धि हुँदै एक हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस