समाचार

कोरोना सङ्क्रमणको दर घट्दै

coronavirus

१६ जेठ, काठमाडौं । डडेल्धुरामा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । करीब एक साता यतादेखि १५ देखि २० प्रतिशत मात्रै कोरोना सङ्क्रमित देखा पर्न थालेका छन् ।

कोरोना परीक्षण गराउनेमा ४० प्रतिशतसम्म कोरोना सङ्क्रमित पुष्टि भएको जिल्लामा पछिल्लो समय भने १५ देखि २० प्रतिशत मात्रै कोरोना सङ्क्रमितको पुष्टि भएको पाइएको स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए ।

जिल्लामा निषेधाज्ञाका लागू हुनाका साथै मानिस पनि स्वास्थ्यका मापदण्डको पालना गर्न थालेपछि नयाँ कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी आएको हुनसक्ने समेत स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले बताए ।

यसैगरी यहाँ अस्पताल आउने बिरामीको पनि सङ्ख्यामा कमी आएको छ । करीब एक साता यतादेखि अस्पतालमा ज्वरोका बिरामीको ५० प्रतिशतले कमी आएको तथ्याङ्कमा उल्लेख गरिएको छ । पछिल्लो समयमा जिल्ला सदरमुकामभन्दा ग्रामीण क्षेत्रमा भने कोरोना सङ्क्रमण बढेकाले स्थानीय तहले कोरोना परीक्षणलाई तीव्रता दिएका छन् ।

दुई साता पहिले जिल्लामा कोरोना महामारीसँगै भाइरल ज्वरो र मौसमी बिरामीको सङ्ख्या बढी थियो तर पछिल्लो समयमा केही कमी आएको छ । खानपिन र सरसफाइका साथै व्यक्तिगत सुरक्षाका कारण र स्वास्थ्य मापदण्डअनुसार जनता सचेत हुँदा बिरामीको सङ्ख्यामा कमी आएको हुनसक्ने स्वास्थ्यकर्मीले जनाएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *