मुख्य समाचार

भारतमा कोभिड–१९ संक्रमितको संख्यामा व्यापक गिरावट, २४ घण्टामा ३४ सयको मृत्यु

india airport

१६ जेठ, काठमाडौं । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट प्रभावित भारतमा विगत २४ घण्टाको अवधिमा संक्रमितको संख्यामा व्यापक गिरावट आएको छ । गत मे ९ तारिखमा एकै दिन चार लाख भन्दा बढी संक्रमित फेला पारिएकामा विगत २४ घण्टामा त्यो संख्या घटेर एक लाख ६५ हजार मात्र देखिएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यो सहित भारतमा आइतबारसम्म कूल संक्रमितको संख्या दुई करोड ७९ लाख पुगेको छ । र सक्रिय संक्रमितको संख्या भारतमा अझै २१ लाख १४ हजार रहेको छ । विगत २४ घण्टामा एक लाख १४ हजारले सक्रिय संक्रमितको संख्यामा कमी आएको पनि मन्त्रालयले जनाएको छ । भारतमा हालसम्म दुई करोड ५५ लाख व्यक्ति कोभिड–१९ बाट संक्रमणमुक्त भएका छन् ।

तर भारतमा कोभिड–१९ को संक्रमणबाट भइरहेको दैनिक मृत्यु दरमा सामान्य गिरावट आए पनि तिब्र सुधार हुन सकेको छैन । मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ४६० जनाको ज्यान गएको छ । यो सहित भारतमा कूल मृतकको संख्या तीन लाख २५ हजार ९७२ पुगिसकेको छ । कोरोनाभाइरस महामारीबाट आम जनतालाई सुरक्षित राख्न गत जनवरीदेखि नै खोप अभियान सञ्चालन गरेको भारतले देशभर हालसम्म २१ करोड २० लाख डोज खोप लगाएको छ ।

शनिबार एकै दिन भारतमा ३० लाख भन्दा बढी व्यक्तिलाई खोप दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतले हाल १८ वर्षभन्दा माथिको उमेर समूहका सबै व्यक्तिलाई खोप दिइरहेको छ । तर खोपको माग तिब्र भए पनि आपूर्ति त्यस अनुरुप हुन नसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यसैबीच, भारत सरकारले देशभर कोभिड–१९ को परीक्षणलाई तिब्र बनाएको छ ।

निबारसम्म भारतमा ३४ करोड ३२ लाख नमुना परीक्षण गरिएको छ जसमध्ये शनिबार एकै दिन २० लाख ६३ हजार नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ । भारतमा हाल तीन किसिमका खोप प्रयोगमा ल्याइएको छ । भारत सरकारले सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिसिल्ड, को भ्याक्सिन र रसिया–निर्मित स्पुतनिक भी खोपलाई प्रयोगका लागि अनुमति दिएको छ ।  कतिपय राज्यमा भारत सरकारले निःशुल्क खोपको व्यवस्था गर्नुका साथै निजी संस्थाबाट खोप बिक्रीका लागि अनुमति दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *