समाचार

सर्लाहीमा एकै परिवारका १४ जना कोरोना संक्रमित

covid 19 test positive

१६ जेठ, सर्लाही । सर्लाहीमा एकै परिवारका दर्जनभन्दा बढी सदस्यहरु कोरोना संक्रमित भएका छन् । हरिवन नगरपालिका ७ स्थित घुर्कौलीका एकै परिवारका १४ जना सदस्यमा कोरोना संक्रमण देखिएको हो ।

एकै परिवारका ५१ वर्षीय हजुरबुबादेखि ९ वर्षीय नातिनीसम्म संक्रमित भएका हुन् । उक्त वडामा हालसम्म जम्मा १५ जना मात्र संक्रमित देखिएकामा एकै परिवारका १४ जनालाई पोजेटिभ देखिएको हो ।

वडाध्यक्ष नेत्रप्रसाद मैनालीले घुर्कौलीको कुशवाहा टोलका एकै परिवारमा १४ जना कोरोना संक्रमण देखिएको जानकारी दिएका छन्‌ । शुरूमा वैशाख २९ गते परीक्षण गराउँदा ५१ वर्षीय पुरुषका भाइ-बुहारीमा कोरोना पोजेटिभ देखिएको थियो ।

जेठ ५ र ७ गते परिवारका अन्य सदस्यको पनि स्वाब परीक्षण गर्दा थप १२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हरिवन नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । त्यसैगरि हरिवन नगरपालिका ११ मा पनि एउटै परिवारमा ५ जनासम्म संक्रमित भएको वडाध्यक्ष शेख महबुब रेजाले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *