सेयर मार्केट

सेयर बजारमा नयाँ रेकर्ड : हालसम्मकै उच्च विन्दुमा परिसूचक, १७ अर्ब बढीको कारोबार

share market nepal

१६ जेठ, काठमाडौं । आइतबार सेयर बजारको परिसूचक र कारोबार रकम दुवैमा नयाँ रेकर्ड बनेको छ ।

यस दिन नेप्से परिसूचक अहिलेसम्मकै उच्च अंकमा पुगेर नयाँ रेकर्ड बनेको छ । १२. ६ अंकले बढेर नेप्से २८२८ अंकमा कायम भएको छ । यो अंक अहिलेसम्मकै उच्च हो ।

त्यस्तै कारोबार रकममा अर्को रेकर्ड बनेको छ । एकै दिन १७ अर्ब २ करोड रुपैयाँको सेयर किनबेच भएको छ । एकैदिन यति धेरै रकमको कारोबार भएको पहिलो पटक हो । यसअघि १४ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको रेकर्ड थियो ।

यस दिन बैंकिङ १९, होटल तथा पर्यटन १३५, विकास बैंक २५५, फाइनानस ८३, निर्जीवन बीमा ६४, जीवन बीमा ९६ अंकले बढेका छन् । त्यस्तै ब्यापार ३२, उत्पादन ५, अन्य ५४, माइक्रोफाइनान्स ७४ अंकले घटे । जलविद्युत र लगानी समूह भने १ अंकमुनि रातो रहे ।

यस दिन १ दर्जन बढी कम्पनीका सेयर लगानीकर्ताले झण्डै १० प्रतिशत मूल्य कमाएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस