मुख्य समाचार

संसद् विघटनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

sambaidhanik ijlas

१६ जेठ, काठमाडौं । संसद् विघटनविरुद्ध दायर भएको रिटमाथिको सुनुवाई ‘हेर्दाहेर्दैमा’ राखिएको छ ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सुनुवाइलाई हेर्दाहेर्दैमा राखेको हो ।

बहस संवैधानिक इजलास गठनसम्बन्धी विवादमा केन्द्रित भएको थियो । इजलासमा उक्त विषयमाथि बहसका लागि प्रधानन्यायाधीश जबराले समय निर्धारण गरिदिएपछि पक्ष र विपक्षका कानुन व्यवसायीले आ–आफ्नो तर्क र दलिल प्रस्तुत गरेका थिए ।

अब संसद् विघटनसम्बन्धी रिटको अर्को सुनुवाइ भोलि हुने भएको छ । रिट निवेदकका तर्फबाट ८ र सरकारी पक्षबाट तीनजनाले बहस गरेपछि भोलिका लागि सारिएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *