मुख्य समाचार

एमाले स्थायी कमिटी बैठक स्थगित

uml meeting

१६ जेठ, काठमाडौं । नेकपा एमालेको आज साँझ ५ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

बैठक सोमबार बिहान १० बजे बालुवाटारमा बस्नेगरी स्थगित भएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए । बैठकमा विशेष गरी शनिबार अध्यादेशमार्फत् ल्याइएको बजेटको समीक्षा तथा पार्टीको आन्तरिक वातावरणबारे छलफल हुने बताइएको छ ।

यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको बताउँदै उनले अब बस्ने बैठकमा ती सांसदलाई गरिने कारबाहीबारे केही निर्णय हुन सक्ने तामाङले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *