राजनीति

कुनै पनि बहानामा महाधिवेशन रोकिन हुन्नः सुजाता कोइराला

sujata koirala

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले कुनै पनि बहानामा पार्टीको १४ औ महाधिवेशन रोकिनु नहुने बताएकी छन् । नेपाली जनसम्पर्क समिति मलेसियाको तेस्रो अधिवेशनको भर्चुअल उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै कोइरालाले उक्त कुरा बताएकी हुन् ।

उनले पार्टीको विधानानुसार अब समयावधि थप्न सम्भव नभएकाले तोकिएकै मितिमा महाधिवेशन गर्नुको विकल्प नभएको बताइन् । बरु, पार्टी अधिवेशनको निर्वाचन प्रणालीमा परिमार्जन गर्न सकिने उनले बताइन् ।

“अहिले हामीहरु जिल्ला–जिल्लाबाट सबै महाधिवेशन प्रतिनिधिहरु केन्द्रमा वा तोकिएको स्थानमा भेला हुने र केन्द्रिकृत भएर भोटिङ गर्नुपर्ने व्यवस्था छ, जुन आर्थिक रुपमा महँगो र जिल्ला–जिल्लाबाट प्रतिनिधिहरु आउँदा भौतिक  कठिनाइ  पनि हुने गरेको छ,” उनले भनिन्, “तसर्थ, अब निर्वाचन प्रणालीलाई विकेन्द्रित गरी जिल्ला–जिल्लाबाट नै महाधिवेशन प्रतिनिधिहरुले मतदान गर्न सक्ने व्यवस्था मिलाउने हो भने अहिलेको कोभिड महामारीबाट पनि बच्न सकिने र आर्थिक रुपमा पनि कम खर्चिलो हुनेछ ।”

उनले प्रधानमन्त्री र राष्ट्रपतिबाट बारम्बार संविधान उल्लंघन गर्ने काम भइरहेको भन्दै संविधान बचाउन सबै दल एकजुट भएर लाग्नुपर्ने बताइन् । नियमित संसद्मा प्रस्तुत गर्नुपर्ने बजेट कामचलाउ सरकारले अध्यादेशमार्फत असंवैधानिक रुपमा पूर्ण आकारमा ल्याएको उनको भनाइ थियो । बजेट देशको दीर्घकालीन विकासभन्दा पनि जनतालाई भोटको लागि झुक्काउने हिसाबमा आएको उनले बताइन् ।

संविधानको रक्षार्थ सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्नेमा आफू विश्वस्त रहेको पनि उनले बताइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *