मुख्य समाचार

सगरमाथा आरोहणका क्रममा मृत्यु भएका अमेरिकी नागरिकको शव १९ दिनपछि काठमाडौं ल्याइयो

aarohi death

१६ जेठ, काठमाडौं । सगरमाथा आरोहणको क्रममा मृत्यु भएका विदेशीको शव काठमाडौं ल्याइएको छ । अमेरिकी नागरिक पुवेइ लिउको शव आइतबार काठमाडौं ल्याइएको हो ।

लिउको यस वर्षको बसन्त ऋतुमा सगरमाथा आरोहणका क्रममा वैशाख २९ गते मृत्यु भएको थियो । सगरमाथाको साउथ कोलको क्याम्पबाट चुचुरोतर्फ जाने क्रममा उनको स्नो ब्लाइन्डनेस र थकानका कारण उनको मृत्यु भएको शेर्पाहरुले जनाएका छन् ।

आइतवार काठमाडौं ल्याइएको उनको शरीर पोष्टमार्टम पश्चात परिवारलाई हस्तान्तरण गर्ने सेभेन समिट ट्रेकले जनाएको छ ।

aarohi death

aarohi death1

aarohi death4

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस