मुख्य समाचार

चीनबाट ल्याइने १० लाख डोज खोप ६० देखि ६४ वर्षका नागरिकलाई दिइने

indian khop

१६ जेठ, काठमाडौं । चीनले नेपाललाई अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्षका नागरिकलाई दिइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आइतबार परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले अब चीनबाट ल्याइने खोप ती उमेर समूहका नागरिकलाई दिइने बताए ।

त्यस्तै, पहिलो डोज भेरोसेल खोप लगाएर अहिले उपत्यकाबाहिर रहेकाहरुलाई प्रदेशमा नै दोस्रो डोज दिने व्यवस्था गरिएको र उनीहरुले पायक पर्ने केन्द्रबाट खोप लिन सक्ने पनि डा. पोख्रेलले बताए ।

चीन सरकारले अनुदानमा दिएको १० लाख डोज भेरोसेल खोप सोमबार दुई लाख र केही दिनपछि आठ लाख डोज गरी जुनको पहिलो साता ल्याइ सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस