
१६ जेठ, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म लम्ब्याएको छ ।
चौथो पटक थपिएको निषेधाज्ञाको समय भोलि सोमबार राती १२ बजेसम्म रहेकोमा पुनः एक साता थप गरिएको हो । सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम निषेधाज्ञा थप भएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमणको दोस्रो लहरको अधिक असर पर्न थालेपछप पहिलोपटक वैशाख १८ गते निषेधाज्ञा जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस