बलिउड / हलिउड

अभिनेत्री कंगनाका अंगरक्षक पक्राउ, विवाह गर्छु भनेर धोका दिएको आरोप

kangna

१६ जेठ, मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतका अंगरक्षक कुमार हेगडे प्रहरीको पक्राउ परेका छन् । हेगडेलाई उनको घर कर्नाटकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एक महिलालाई विवाह गर्छु भनेर यौन सम्पर्क गरेको तर पछि धाेका दिएकाे आरोपपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पीडित महिलाले आरोपमा हेगडेले उनीसँग ५० हजार ठगेको पनि उल्लेख गरेकी छिन् ।

ती महिलाले मुम्बई प्रहरीमा दिएको उजुरीको आधारमा प्रहरीले शनिबार उनको गाँउमै गएर पक्राउ गरेको हो । ३० वर्षीय उक्त ब्युटिसियन महिलाकाअनुसार उनले हेगडेलाई गतवर्ष जुनमा चलचित्र छायांकनको क्रममा भेटेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *