मुख्य समाचार

कपिलवस्तुमा जेठ २४ गतेसम्म निषेधाज्ञा थपियो

lockdown

१६ जेठ, कपिलवस्तु । कपिलवस्तुमा जेठ २४ गतेसम्म लकडाउन थप भएको छ ।

आइतबार बसेको डीसीएमसीको बैठकले पुनः जेठ २४ गतेसम्म लकडाउन थप गरेको हो । जिल्लामा कोरोनाका संक्रमित बढ्दै गए पछि गत बैशाख २१ देखि लकडाउन हुँदै आएको छ ।

आइतबार थपिएको लकडाउन चौथो पटक भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । पछिल्लोपटक थपिएको लकडाउन आज राती १२ बजे सकिँदै थियो ।

कपिलवस्तुमा पछिल्लो समय कोरोना संक्रमित संख्या घट्दै  गएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस