मुख्य समाचार

राष्ट्रियसभा उपनिर्वाचन : लुम्बिनी प्रदेशमा मतदान जारी

lumbini election

१७ जेठ, दाङ । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा उप निर्वाचन मतदान जारी रहेको छ । मुख्यमन्त्री शंकर पोख्रेलले सबैभन्दा पहिला मतदान गरेका हुन् । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीलगायत उपसभामुख, अन्य मन्त्रीहरुले मतदान गरे ।

कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा निर्वाचनका लागि तीनवटा मतदान केन्द्र तोकिएको छ । निर्वाचनका लागि दाङको घोराहीमा तीन वटा मतदान स्थल तोकिएको छ । प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको हो । दुई जनाको प्रतिस्पर्धामा रहेको उप निर्वाचनमा साढे ९ बजेसम्म ३० जनाले मतदान गरेका छ्न् ।

नेकपा (माओवादी केन्द्र)बाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा निर्वाचन हुन लागेको हो । एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ भने विपक्षी गठबन्धनबाट दृगनारायण पाण्डे चुनावी मैदानमा छन् । एमाले सांसद पाण्डे वैशाख १९ मा लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए। उनलाई कांग्रेस, माओवादी केन्द्र, जसपा (उपेन्द्र पक्ष),माधव नेपाल पक्ष र जनमोर्चाबाट मत प्राप्त हुने भएको छ ।

lumbini matadan

निर्वाचनमा लुम्बिनी प्रदेशसभाका ७९ जना सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २ सय १७ मतदाता छन् । निर्वाचनमा जनता समाजवादी पार्टीका कारबाहीमा परेका चार मन्त्रीको समेत आइतबार नामावली समेटिएको छ । प्रदेशसभामा एमालेका ३, कांग्रेसका १९, माओवादीका १९ (सभामुखसहित), जसपाका २ र राजमोका १ जना सांसद छन् । स्थानीय तहतर्फका २ सय १७ मध्ये एमालेका ९४, कांग्रेसका ६३, माओवादीका ३६, जसपाका १३, राष्ट्रिय जनमोर्चाका ५, राप्रपाका २ र स्वतन्त्र ४ जना छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस