
१७ जेठ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ ।
केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आज बिहान १० बजे बैठक बस्ने भनिएको बैठक लुम्बिनीमा हुन लागेकाे राष्ट्रियसभा उपनिर्वाचन र अन्य तयारीका लागि बैठक स्थगित गरिएकाे बताए ।
यसअघि हिजो साँझ ५ बजेका लागि बोलाइएको बैठक आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी स्थगित गरिएको थियो ।
भोलि बालुवाटारमा बस्ने बैठकले लुम्बिनीमा आज हुने राष्ट्रियभा उपनिर्वाचनसहित पछिल्लो राजनीतिक स्थिति तथा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमालेका १२ जना नेतालाई सोधिएको स्पष्टीकरणबारे निर्णय वा कारबाही गर्नेछ ।
प्रतिक्रिया दिनुहोस