मुख्य समाचार

जावलाखेल भलिबल टिमका म्यानेजर श्रेष्ठ लागुऔषधसहित पक्राउ

drugs

१७ जेठ, काठमाडौं । ललितपुरको जावलाखेल भलिबल टिमका म्यानेजर अनुप श्रेष्ठ लागुऔषधसहित पक्राउ परेका छन् । प्रहरी टोलीले अवैध लागुऔषध एम्फेटामाइन आइससहित उनलाई पक्राउ गरेको हो । उनीसँगै अमृता खड्का र परदु गुरुङ पनि पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले अनुपको कोठाबाट ५० ग्राम अवैध लागु औषध एम्फेटामाइन आइस बरामद गरेको छ । अनुपले एम्फेटामाइन आइसको डिलर चलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

अमृता र परदु लागुऔषध प्रयोगकर्ता हुन् । अनुपकोमा किन्न गएको बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । अनुपको कोठाबाट प्रहरीले लागुऔषध तौलने डिजीटल तराजु, प्लाष्टिकका प्याकेट र तीन थरी मिश्रण गरेर प्रयोग गरिने लागुपदार्थ पनि बरामद गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *