
१७ जेठ, काठमाडौं । गायक राज के गोस्वामीको नयाँ गीत ‘हिमालै राम्रो हिउँले’ सार्वजनिक भएको छ । पछिल्लो समय अष्ट्रेलियामा रहेका गोस्वामीले उतैबाट यो गीत सार्वजनिक गरेका हुन् ।
गीतमा विक्रम थापाको संगीत र सुमन कुँवरको शब्द रहेको गीतमा सन्दिप कार्कीको संगीत संयोजन छ ।
गीतको भिडियोमा नौलो प्रयोग गरिएको छ । सायद नेपाली गीतका म्युजिक भिडियोमा यस्तो प्रयोग विरलै देख्न पाइन्छ । भिडियो पूर्ण रुपले भिएफएक्स प्रविधिमा तयार पारिएको छ ।
भिडियोमा बिजेश पौडेल तथा पूजा धामीलाई भिएफएक्स मार्फत नै प्रस्तुत गरिएको छ । निशा पौडेलको छायांकन रहेको भिडियोमा बिजेश पौडेलकै निर्देशन, भिएफएक्स र सम्पादन छ ।
प्रतिक्रिया दिनुहोस