१७ जेठ, काठमाडौं । सुनचाँदीको मूल्य फेरी बढेको छ । सुन तोलामा दुईसय रुपैयाँले बढेको छ भने चाँदी पनि तोलामा ५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको मूल्य ९४ हजार दुईसय कायम गरेको छ । आइतबार तोलाको ९४ हजार कायम गरिएको थियो । यस्तै तेजावी सुनको मूल्य पनि बढेर ९३ हजार ७ सय पुगेको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ६० पुगेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस