खेलकुद समाचार

युरोकपको लागि वेल्सको अन्तिम टोली घोषणा

Wels

१७ जेठ, काठमाडौं । आगामी जुन-जुलाईमा आयोजना हुने युरोकप फुटबलका लागि वेल्सको टोली घोषणा भएको हो ।

वेल्सका प्रशिक्षक रोब पेजले आइतबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ बेल पनि टोलीमा सामेल छन् । त्यस्तै, १९ वर्षीय मिडफिल्डर रुबिन कार्डिफले सिनियर राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाएका छन् ।

युरोकप फुटबल आउँदो जुन ११ देखि जुलाई ११ तारिखसम्म आयोजना हुँदै छ । वेल्स समूह ‘ए’मा छ । यस समूहमा इटाली, टर्की र स्वीट्जरल्यान्ड छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस