मुख्य समाचार

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन : मतगणना सुरु

lumbini vote count

१७ जेठ, दाङ । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रिय सभामा रिक्त एक पदका लागि भएको उपनिर्वाचनको मत गणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु भएको हो ।

दाङको घोराही उप–महानगरापालिकास्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।

मतदानमा २९७ भोट खसेको छ । मतदानमा प्रदेशसभाका ८३ र स्थानीय तहका गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगरपालिका प्रमुख–उपप्रमुखले २१४ जनाले मतदान गरे । जसमा कोरोना संक्रमित २७ मतदाता थिए । उक्त मतदानमा स्थानीय तहका तीन मतदाता अनुपस्थित भएका छन् ।

उपनिर्वाचनमा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनको तर्फबाट  दीर्गनारायण पाण्डे उमेदवार छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस