सेयर मार्केट

४५ अंकले घटेर २८०० अंकबाट तल झर्‍याे नेप्से, करिब १४ अर्बको कारोबार

broker office kathmandu

१७ जेठ, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ४५ अंकले घटेको छ । यस दिन सो अंकको कमी आएसँगै परिसूचक २७८२ अंकमा झरेको छ । २१८ कम्पनीको १३ अर्ब ९० करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

सबै समूहहरू घटेका छन् । बैंकिङ १९, व्यापार १६८, विकास बैंक ५६, जलविद्युत १२९, फाइनान्स १२, निर्जीवन बीमा ३८०, उत्पादन १०३, अन्य ५२, माइक्रोफाइनान्स ९ र जीवन बीमा ३५६ अंकले घटेका छन् । यस दिन दुई कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।

राधी विद्युत र सेन्ट्रल फाइनान्सको मूल्य १० प्रतिशतले बढेको हो । यस दिन वरुण हाइड्रोको मूल्य सबभन्दा धेरै ९.५ प्रतिशतले घटेको छ । त्यस्तै, नेपाल हाइड्रो डेभलपरको मूल्य ८ प्रतिशतले घटेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस