मुख्य समाचार

जसपा ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने

Pm jasapa

१७ जेठ, काठमाडौं । जनता समाजवादीको ठाकुर–महतो पक्ष ८ मन्त्री र २ राज्यमन्त्रीसहित ओली सरकारमा सहभागी हुने भएको छ । आज बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण लगायतले छलफल गरेपछि सरकारमा सहभागी हुने सहमति गरेका हुन् ।

“सरकारमा आउन त प्रधानमन्त्रीजीले सुरुदेखि नै भनिराख्नु भएको छ । मन्त्रालयका विषयमा ८ मन्त्री र २ राज्यमन्त्री भनेर अस्तिदेखि नै भन्नुभएको छ । हाम्रो पाटीभित्र विवाद छ । छलफल भएको छैन । हामीभित्र छलफल गर्छौैं त्यसपछि मात्रै कुन मन्त्रालय लिएर जाने भन्ने कुरा टुंगो लाग्ला,” छलफलपछि लक्ष्मणलाल कर्णले बताए ।

संविधान संशोधनका लागि सरकारले ५ सदस्यीय कार्यदल बनाएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षसंग ठाकुर पक्षको ओली सरकारलाई हेर्ने विषयमा गम्भीर मतभेद चर्कोको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *