मुख्य समाचार

माधव नेपालहरू निर्लज्ज तरिकाले प्रस्तुत भए : प्रधानमन्त्री ओली

pm oli

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अन्तर्घात गरेर एमालेलाई कमजोर बनाइएको आरोप लगाएका छन् । युवा संघ नेपालको सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल–झलनाथ खनाल लगायतका केही नेता आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्न निर्लज्ज तरिकाले लागेको बताए ।

“उहाँहरू यति निर्लज्ज तरिकाले प्रस्तुत हुनुभयो । लोकतान्त्रिक आन्दोलनको इतिहासमा यस्तो हुँदैन । छातीका टाँक खोलेर राष्ट्रपति कार्यालय, अदालतमा प्रस्तुत भए” उनले भने, “विधि, पद्धति, प्रक्रिया भन्ने यसरी विश्वासघाती, आत्मघाती तरिकाले प्रस्तुत भए । आफूलाई लोकतन्त्रवादी भन्ने अस्वस्थताका वैशाखी टेकेर हिँड्ने !”

उनले विपक्षी गठबन्धनसँग जम्मा १ सय १० मत भएको र बहुमत नपुग्ने जिकिर गरे । “यस्ता अन्तर्घातीको वैशाखी टेकेर हिँडने ? त्यो कतिञ्जेल टिक्छ ? कारबाही भइहाल्छ, जनता समाजवादी पार्टीमा पनि त्यस्तै छ,” उनले थपे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस