मुख्य समाचार

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित

dirganarayan pandey

१७ जेठ, दाङ । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् ।

जम्मा २९६ मत खसेकामा पाण्डेयले प्रदेश सभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ मत प्राप्त गरेका छन् भने खड्काले प्रदेश सभातर्फ ४० र स्थानीय तहतर्फ ९४  मत प्राप्त गरेका छन् । प्रदेशतर्फ १ र स्थानीय तर्फ पनि १ मत बदर भएको छ ।

​जसअनुसार पाण्डेयले ४,१४० मतभार प्राप्त गरे भने खड्काले ३६१२ मतभार प्राप्त गरे । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान  दिउँसो ३ बजेसम्म भएको थियो भने त्यसलगत्तै मतगणना गरेर अन्तिम नतिजा घोषणा गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *