
१७ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार २६३ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ८९०, भक्तपुरमा १२१ र ललितपुरमा २५२ जना नयाँ संक्रमित थपिएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा ४७६२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै ६४९१ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा १७ हजार ४८० जनामा परीक्षण भएको थियो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगको छ ।
प्रतिक्रिया दिनुहोस