समाचार

सिनामंगलकी ९३ वर्षिया हजुरआमाले जितिन् कोरोना

corona test

१७ जेठ, काठमाडौं । काठमाडौं सिनामंगलकी ९३ वर्षिया सुशिला भुजेलले कोरोना जितेर घर फर्किएकी छिन् । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत बैशाख २४ गते पिसिआर परिक्षण गर्दा उहाँलाई कोरोना पोजेटिभ देखिएको थियो ।

त्यसपछि उनी ‘युथ फर नेशन’ले ठमेलमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा बसेकी थिइन् । २४ दिनपछि हिजो आइतबार परीक्षण गर्दा उनको कोरोना नेगेटिभ रिपोर्ट आएसँगै सोमबार घर फर्किएकी हुन् ।

कोरोना संक्रमणका कारण आफुलाई कुनै ठुलो समस्या नदेखिएको उनले बताइन् । उनले भनिन्– ‘यहाँ आएदेखि बाट केही भएको छैन । खाने, बस्ने, सुत्ने । डाक्टरले सोधिबक्सिन्छ, जहिल्यै नि राम्रो छ । दुख्ने, पोल्ने घटी बढी केही छैन ।’

उनले ‘९३ वर्षको मान्छेलाई के को डर ? कोरोना भन्छन्, के भन्छन् । म त लग्दे हुन्थ्यो फुत्त जरो स्वरो केही आएर भन्छु । खोइ ?’

युथ फर नेशनले कोरोना संक्रमितलाई चिकित्सकहरुको निगरानीमा आइसोलेसनमा राख्दै आएको छ । हाल सो आइसोलेसनमा २० जना संक्रमित रहेको युथ फर नेशनका संयोजक लेनिन बिष्टले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस