समाचार

बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

tiger

१८ जेठ, बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । पाटेबाघको आक्रमणबाट मधुवन नगरपालिका-५ शान्तिपुर ९ नम्बर गाउँकी ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको मृत्यु भएको हो ।

उनलाई सोमवार मधुवन गाउँ नजिकको राष्ट्रिय वन क्षेत्र अन्तर्गत नेपाल/भारत सीमा नजिकै रहेको सामुदायिक वनमा बाघले आक्रमण गरेको डिभिजन वनका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिएका छन् ।

डिभिजन वन र प्रहरीको टोली घटनास्थल पुगिसकेका र मृतक महिलाको शव फेला परिसकेको प्रहरीले जनाएको छ ।

दिउँसै बाघको आक्रमणबाट महिलाको ज्यान लिएपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् । यहाँ पटक पटक बाघको आक्रमणबाट मानिसको ज्यान जाने गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *