
१८ जेठ, काठमाडौं । सुनचाँदीको मूल्य बढ्ने क्रम मंगलबार पनि जारी रह्यो । सुन तोलामा ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य तोलाको ९४ हजार ५०० रुपैयाँ कायम गरेको छ । सोमबार ९४ हजार २०० कायम गरिएको थियो । यस्तै, तेजाबी सुनको मूल्य पनि बढेर तोलाको ९४ हजार पुगेको छ ।
मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर तोलाको १३ सय ७० पुगेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस