संगीत

कलाकार मदनकृष्णको स्वर रहेको देशभक्ति गीत सार्वजनिक

madan krishna sth song

१८ जेठ, काठमाडौं । वरिष्ठ कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वर रहेको गीत ‘नेपाः जिगु’ सार्वजनिक भएको छ । नेपाल भाषामा रहेको यो देशभक्ति गीतमा साहित्यकार सुरेन्द्र महर्जन अमरको शब्द छ ।

रामकृष्ण जुजुको प्रस्तुति रहेको गीतमा देश प्राणभन्दा प्यारो, नेपाल आमाको सन्तान भएर मुटुभित्र नेपाल राखेर बाँच्न पाउँ, देशको निमित्त प्राण पनि दिन सक्छु भन्ने जस्ता आसय ब्यक्त गरिएको छ ।

सन्तोष श्रेष्ठको संगीत तथा बुद्ध सायमीको संगीत संयोजन रहेको गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, रामकृष्ण जुजु, हसना महर्जन, रुक्सना महर्जन, रितिना महर्जन, इशु महर्जन, कुमारी नृत्यमा मैयाँ महर्जन र लाखे नृत्यमा सुजन बज्राचार्यको अभिनय रहेको छ ।

गीतको भिडियो सम्पादन र छायाँंकन अमर चित्रकारले गरेका हुन् भने निर्देशक सुरेन्द्र तुलाधरको रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस