कर्पोरेट

दुई लाख डोज खोप हिमालय एयरलाइन्सद्वारा निःशुल्क ढुवानी

Himalaya Airlines Vaccines Cargo

१८ जेठ, काठमाडौं । कोभिड–१९ संक्रमणको दोस्रो लहरको महामारीका बीच हिमालय एअरलाइन्सले जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिव्वत सरकारद्वारा नेपाललाई अनुदान सहयोग स्वरुप प्राप्त २ लाख डोज भेरोसेल खोप निःशुल्क ढुवानी गरेको छ ।

हिमालय एयरलाइन्सले जेठ १८ र १९ गते गरी तिब्बतको कुनमिङ सहरमा चारपटक उडान गरी ती खोपहरु ढुवानी गर्नेछ । हिमालयका ती उडानहरुले भेरोसेल खोपका दुई लाख डोजका जम्मा ४१७ वटा बाकसहरु निःशुल्क ढुवानी गर्नेछन् । प्रत्येकपटकको उडानमा हिमालयको एयरबस जहाजले अधिकतम १०५ वटा खोपका बाकसहरु बोक्ने जनाइएको छ ।

निःशुल्क उडानहरुमध्येका पहिलो कार्गो उडान काठमाडौंबाट सोमबार गएर मंगलबार त्रिभुवन अन्त्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । ती निःशुल्क कार्गो उडान सञ्चालन गर्दा हिमालयले करिब दुई करोड २५ लाख बराबरको आर्थिक योगदान पुर्‍याउने कम्पनीले जनाएको छ ।

“कोभिड–१९ महामारीविरुद्घ लड्न नेपाल सरकार र राष्ट्रलाई सहयोग पुर्‍याउन हिमालय एयरलाइन्स तथा सम्बद्घ समूहका लागि यो एक ऐतिहासिक क्षण हो । राष्ट्रिय संकटको महत्वपूर्ण समयमा यी निःशुल्क कार्गो उडानहरु सञ्चालन गर्नु हाम्रा लागि वास्तवमै गौरवको विषय पनि हो,” हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङले भने ।

यस्तै, कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले कोभिड–१९ संक्रमणको दोस्रो महामारीका समयमा हिमालयले राष्ट्र सेवामा पुर्‍याएको यो सानो तर, महत्वपूर्ण योगदान भएको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस