१८ जेठ, काठमाडौं । मित्रराष्ट्र चीन चीन सरकारले अनुदानमा दिएको कोरोनाविरुद्धको १० लाख डोजमध्ये आठ लाख डोज खोप मंगलबार दिउँसो काठमाडौं आइपुगेको छ ।
चीन सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको परामर्शपछि प्रदान गर्ने घोषणा गरेको १० लाख डोजमध्ये नेपाल एयरलाइन्सको विमानले मंगलबार बेइजिङबाट ८ लाख डोज भ्याक्सिन ल्याएको हो ।
बाँकी दुई लाख डोज खोप केही समयपछि हिमालयन एयरलाइन्समार्फत ल्याइने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन् ।
प्रतिक्रिया दिनुहोस