
१८ जेठ, काठमाडौं । साझा पार्टीका नेता उज्जवल थापाको निधन भएको छ ।
कोरोना संक्रमणपछि काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको आज निधन भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले ट्विटर र फेसबुकमार्फत जानकारी दिएका छन् ।
उनलाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो । थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा पनि उपचार गरिएको थियो ।
विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको आज भएको निधनले सिङ्गो पार्टीपंक्ति स्तब्ध भएको छ।
शोक वक्तव्य: https://t.co/sQuGx7LSiw pic.twitter.com/NW8QWCIcpw
— Milan Pandey (@MilanPandey) June 1, 2021
प्रतिक्रिया दिनुहोस