१८ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ का एक हजार ५५८ संक्रमित थपिएका छन् ।
काठमाडौंमा एक हजार ६०, भत्तपुरमा २१५ र ललितपुरमा २८३ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या २५ हजार २५३ रहेको छ ।
यस्तै, मंगलबार २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ६८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस