१८ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको परिवारले उनको अन्तिम संस्कारमा सहभागी नहुन आग्रह गरेको छ ।
अहिलेको संक्रामक रोगको समयमा थापाको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएको भन्दै सम्भव भएसम्म सहभागी नभइदिन उनको परिवारले अनुरोध गरेको हो ।
पारिवारिक स्रोतका अनुसार थापाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा हुने भएको छ । कोरोना संक्रमणपछि काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको आज अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।
प्रतिक्रिया दिनुहोस